Skip to main content

Posts

ताजा खबर

अश्लीलता र अमर्यादित प्रस्तुतिप्रति लोकदोहोरी प्रतिष्ठान जापान शाखाको ध्यानाकर्षण

जापान, वैशाख २८ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाले पछिल्लो समय नेपाली लोकदोहोरी गीत–संगीत, लाइभ दोहोरी कार्यक्रम तथा विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक भइरहेका केही प्रस्तुतिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै लोकदोहोरी क्षेत्रमा बढ्दो अश्लीलता, अमर्यादित हाउभाउ तथा सामाजिक मर्यादाविपरीतका गतिविधिप्रति चिन्ता व्यक्त गरेको हो। प्रतिष्ठानले नेपाली लोकदोहोरी गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपाली मौलिक कला, संस्कृति, सभ्यता, संस्कार र सामाजिक जीवनको ऐना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु कलाकार, सर्जक, सञ्चारकर्मी तथा सचेत नागरिकको साझा जिम्मेवारी भएको जनाइएको छ। विज्ञप्तिअनुसार पछिल्लो समय केही कलाकार तथा प्रस्तोताले सामाजिक सञ्जालमा ‘भ्युज’, चर्चा र आर्थिक लाभलाई प्राथमिकता दिँदै लोकदोहोरी गीत तथा सांगीतिक प्रस्तुतिलाई अश्लीलता र उत्तेजनातर्फ मोड्ने प्रयास गरेको आरोप लगाइएको छ। युट्युब, टिकटक र फेसबुकजस्ता माध्यममा प्रसारण हुने कतिपय सामग्रीले बालबालिका तथा ...
Recent posts

जापानमा ‘जापान लोक तारा २०२६’ आयोजना हुने

जापान||राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले  'अम्बर बिरही गुरुङ सांगीतिक साँझ तथा प्रथम जापान लोक तारा २०२६’ आयोजना गर्ने भएको छ। नेपाली लोक तथा दोहोरी संगीतको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आगामी जुन १४, २०२६ (आइतबार) मा जापानस्थित मेगुरो कुमिन सेन्टरमा दिउँसो १२ बजेदेखि कार्यक्रम सुरु हुने पोस्टरमार्फत जानकारी दिइएको छ। कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अम्बर बिरही गुरुङ विशेष आकर्षणका रूपमा रहनेछन्। कार्यक्रममा जापानमा रहेका नेपाली समुदायबीच लोक संस्कृति प्रवर्द्धनका साथै नयाँ प्रतिभाको खोजी तथा सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न कलाकार, संगीतकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रम सम्बन्धी थप जानकारीका लागि रामकृष्ण बम मल्ला, समुन्द्रराज पौडेल, सूर्य खड्का, दीपक कँडेल, महेन्द्र न्यौपाने तथा रबिन शर्मासँग सम्पर्क गर्न सकिनेछ।

बेलकोटगढी नगरपालिकामा भूमी व्यवस्था शाखा सञ्चालनबारे उपप्रमुखसंग छलफल

बेलकोटगढी नगरपालिकामा स्थानीय तहबाटै जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने उद्देश्यले भूमि व्यवस्था शाखा सञ्चालनको तयारीलाई अगाडि बढाइएको छ। यस सम्बन्धमा नगरपालिकाको उपप्रमुख शिव प्रसाद दाहालसँग जिल्ला मालपोत कार्यालय तथा नापी कार्यालयका प्रतिनिधिहरूबीच आवश्यक छलफल तथा निर्णय गरिएको हो। नगरपालिकामा आयोजित छलफल कार्यक्रममा भूमि व्यवस्था शाखा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, कार्यालय व्यवस्थापन तथा आवश्यक जनशक्ति व्यवस्थापनका विषयमा विस्तृत रूपमा कुराकानी भएको थियो। स्थानीय नागरिकलाई सहज, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा प्रवाहलाई स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ। छलफलमा जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका प्रतिनिधिहरूले आवश्यक समन्वय तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै शाखा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्बन्धमा समेत आवश्यक निर्णय गरिएको बताइएको छ।

साहित्यसँगै पर्यटन प्रवर्द्धन : ‘आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३’ भव्य रूपमा सम्पन्न

नुवाकोट, बैशाख — नेपाली साहित्यको उत्थान, स्थानीय कला–संस्कृतिको संरक्षण तथा ओझेलमा परेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित “आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३” शनिबार भव्य रूपमा सम्पन्न भएको छ। नुवाकोट साहित्य प्रतिष्ठान नेपाल को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले साहित्यलाई प्रकृति, भूगोल र स्थानीय पहिचानसँग जोड्ने महत्वपूर्ण प्रयास गरेको सहभागीहरूले बताएका छन्।पदयात्रा विदुर नगरपालिका को बट्टारबाट सुरु भएको थियो।  ‎ विभिन्न साहित्यकार, कवि, लेखक तथा साहित्यप्रेमीहरू सहभागी रहेको टोली ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बेलकोटगढी नगरपालिका हुँदै धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिम्टेश्वर क्षेत्रमा पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो।पदयात्राका क्रममा सहभागीहरूले नुवाकोटका ग्रामीण बस्ती, प्राकृतिक दृश्य, स्थानीय संस्कृति र धार्मिक सम्पदाको अवलोकन गरेका थिए। यात्राभर विभिन्न स्थानमा साहित्यिक छलफल, कविता वाचन तथा सिर्जनात्मक अन्तरक्रिया समेत गरिएको थियो। सहभागी स्रष्टाहरूले प्रकृतिको काखमा यात्रा गर्दै सिर्जनशील भावनालाई अझ नजिकबाट ...

गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। गुरुङले चैत १३, २०८२ देखि गृह मन्त्रीको रूपमा इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले सार्वजनिक जीवनमा नैतिकता र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफ्नो कदम आएको स्पष्ट पारे। साथै, उनले हाल युवापुस्ताबाट उठिरहेको परिवर्तनको आवाजले नेतृत्वलाई उत्तरदायी बन्न सन्देश दिएको पनि बताएका छन्। गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले तथा पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने हेतुले राजीनामा दिएको जनाएका छन्। उनले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै अब सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। राजीनाम...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा पञ्चासे माविका विद्यार्थीको उत्कृष्ट सफलता।

  नुवाकोट — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री पञ्चासे माध्यमिक विद्यालय का विद्यार्थीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका छन्। प्रतियोगिताअन्तर्गत ८०० मिटर दौडतर्फ रिचन लामा ले कास्य पदक जितेका छन्। त्यसैगरी, मार्सल आर्ट्स विधाअन्तर्गत U–५५ तौल समूहमा पेमा डोल्मा लामा ले र U–४२ तौल समूहमा बिपिन तामाङ ले कास्य पदक हात पारेका छन्। विद्यार्थीहरूको यो उल्लेखनीय सफलताले विद्यालयको नाम जिल्लास्तरमा उजागर गरेको छ। उनीहरूको कडा मेहनत, अनुशासन र समर्पणका कारण यस्तो उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ। विद्यालय परिवारले विजेता खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गरिएको छ।

‎चिम्टेश्वर साहित्य पदयात्रा–२०८३ आयोजना हुँदै

बेलकोटगढी— नुवाकोट साहित्य प्रतिष्ठान नेपाल को आयोजनामा “ चिम्टेश्वर  साहित्य पदयात्रा–२०८३” कार्यक्रम सञ्चालन हुने भएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस पदयात्रा आगामी वैशाख २६ गते सम्पन्न हुने जनाइएको छ। ‎ ‎कार्यक्रमले साहित्यप्रेमी, विद्यार्थी तथा सर्जकहरूलाई एकै ठाउँमा भेला गराई सिर्जनात्मक आदान–प्रदान गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने तथा स्थानीय सांस्कृतिक सम्पदाको पहिचान गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ। पदयात्राका क्रममा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै साहित्यिक छलफल, कविता वाचन तथा विविध सिर्जनात्मक गतिविधिमा सहभागिता जनाउनेछन्। ‎ ‎कार्यक्रम संयोजक रामकृष्ण अमर का अनुसार इच्छुक व्यक्तिहरूले समयमै नाम दर्ता गराई कार्यक्रममा सहभागी हुन सक्नेछन्। यसका लागि रामकृष्ण अमर, जानुका दाहाल, भगवती खनाल तथा प्रमिला परी सँग सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। ‎ ‎आयोजकले यस किसिमका कार्यक्रमले साहित्यप्रति रुचि बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।‎