Skip to main content

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिदै

 सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।

उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

रबि लामिछाने
पुर्व गृहमन्त्री तथा रास्वपाको सभापति 

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । लामिछानेकै भनाइअनुसार उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन् । गएको जेठ १५ गते गठन गरिएको समितिले तीनमहिने कार्यावधि पाएको थियो ।

Comments

Popular posts from this blog

मेयर कप हाप्किडोमा मालिका माविको दबदबा, ७ स्वर्णसहित प्रथम स्थान

 मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

निर्माणाधीन निङमा साङाग गुम्बा: दियाले सिक्रेपिपलमा धर्म, संस्कृति र आस्थाको केन्द्र बन्दै

दियाले||नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, दियाले सिक्रेपिपलमा निर्माणाधीन निङमा साङाग गुम्बा स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र आध्यात्मिकताको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। शान्त वातावरणमा अवस्थित यस गुम्बा क्षेत्रले धार्मिक साधना, प्रार्थना तथा सामुदायिक एकताको प्रतीकका रूपमा पहिचान बनाइरहेको छ। निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख हुँदै जाँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ भने गुम्बा सम्पन्न भएपछि धार्मिक पर्यटनको सम्भावना समेत बढ्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार गुम्बा निर्माणले यहाँको धार्मिक गतिविधि मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउनेछ। बौद्ध धर्मको निङ्मापा परम्परा अनुसार स्थापना गरिएको यस गुम्बामा ध्यान, पूजापाठ, शिक्षा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। गुम्बा निर्माणमा स्थानीय समुदाय, दाताहरू तथा धर्मप्रेमी व्यक्तिहरूको सहयोग उल्लेखनीय रहेको निर्माण समितिले जनाएको छ। “यो गुम्बा हाम्रो आस्था मात्र होइन, भावी पुस्ताका लागि सांस्कृतिक धरोहर पनि हो,” एक ...

फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

  नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो। नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो। नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो। प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।