खोटाङ —खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलस्थित चङ्खुखोलामा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार शुक्रबार विद्यालयबाट फर्कने क्रममा स्थानीय चङ्खुखोलामा नुहाउँदा भोजकुमार राईको ९ वर्षीय छोरा राज र टंकराम राईको ११ वर्षीय छोरा अर्जुनको दिउँसो पौने २ बजेतिर डुबेर मृत्यु भएको हो । विद्यालयबाट घर फर्कंदै गरेकी स्थानीय रोजिना राईले खोलामा डुबेको देखेपछि स्थानीय र विद्यार्थी भएर खोलाबाट निकाली घरमा ल्याएर प्रहरीलाई खबर गरेको डीएसपी खड्काले बताए ।
उनीहरूको शव ऐसेलुखर्कमा शनिबार पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment