Skip to main content

Posts

Showing posts from December, 2025

श्री विकास आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

  नुवाकोट | बेलकोटगढी नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री विकास आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका लागि न्यानो कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मनोज लामा ज्यूको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व पर्यटन तथा श्रम, संस्कृति मन्त्री एवं संघीय संसद सदस्य श्री हितबहादुर तामाङ ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति श्रीमती विमला सुबेदी ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा सामाजिक व्यक्तित्व, युवा नेतृत्वकर्ता, सफल युवा व्यवसायी, अधिवक्ता तथा अटो रेसिङका ओनर आदरणीय श्री रुद्र ढुंगेल ज्यूको तर्फबाट विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। उहाँको सहयोगले चिसो मौसममा विद्यार्थीहरूको दैनिकी सहज हुनुका साथै विद्यालय परिवार, अभिभावक र समुदायमा उत्साह थपिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै अतिथिहरूले यस्ता मानवीय सहयोगले बालबालिकाको शिक्षा, स्वास्थ्य र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सा...

यज्ञ प्रसाद १०४औँ जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट। नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका–५ निवासी तथा हाल अमेरिका बसोबास गर्दै आउनुभएका उत्सव रिमालज्यूले आफ्ना हजुरबुबा श्री यज्ञ प्रसाद रिमालज्यूको १०४औँ जन्मदिनको अवसरमा सामाजिक तथा मानवीय कार्य गर्नुभएको छ। उक्त अवसरमा बेलकोटगढी नगरपालिका–५ स्थित श्री गणेशस्थान आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा बेलकोटगढी नगरपालिका–५ का वडा अध्यक्ष श्री मदन भुजेलज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने बेलकोटगढी नगरपालिका कार्यपालिकाका सदस्य श्री अनुराधा श्रेष्ठज्यू विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा उत्सव रिमालज्यूका ठूला बुबाहरू नारायण रिमालज्यू र कृष्ण रिमालज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले समाजसेवा र मानवीय कार्यमा विदेशमा रहँदा पनि जन्मभूमिप्रति देखाइएको माया, सद्भाव र योगदान अत्यन्तै प्रशंसनीय रहेको बताए। यस्ता कार्यले बालबालिकामा सकारात्मक सन्देश प्रवाह हुनुका साथै समाजमा सहयोग र सहकार्यको भावना विकास...

⚠️ सावधानी सूचना – Sanima Bank ग्राहकहरूका लागि ⚠️

 ⚠️ सावधानी सूचना – Sanima Bank ग्राहकहरूका लागि ⚠️ हाम्रा ध्यानमा आएको छ कि केही सामाजिक सञ्जालमा (Facebook, Instagram) Sanima Bank को नाम र लोगो प्रयोग गरी ठगी पोस्टहरू फैलाइएको छ। यी पोस्टहरूले सर्वेक्षण पुरस्कार NPR 10,000/- जस्ता फसाउने प्रस्ताव गर्छन् र संदिग्ध लिंक राख्छन्। महत्वपूर्ण कुरा: कुनै पनि लिंकमा क्लिक नगर्नुहोस्। आफ्नो संवेदनशील जानकारी साझा नगर्नुहोस्: पासवर्ड OTP PIN खाता विवरण कार्ड जानकारी Sanima Bank कहिल्यै सामाजिक सञ्जाल, फोन वा सन्देशमार्फत यस्तो जानकारी सोध्दैन। कुनै शंका वा सहयोगका लागि: 📞 Hotline: +977-01-5970133 📞 NTC Toll-free: 1660-01-23111 📞 Ncell Toll-free: 1810-2123111 💬 Viber/WhatsApp: 9801574111 ✉️ Email: call.center@sanimabank.com 🌐 Website: www.sanimabank.com सधैं सचेत रहनुहोस् र आधिकारिक माध्यमबाट मात्र जानकारी प्राप्त गर्नुहोस्। ✅

मतदाता नामावली सुधार्न र भोट हाल्ने ठाउँ बदल्न २६ मंसिरसम्म मौका

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीमा गल्ती भए सुधार्ने र आफ्नो वडाभित्रै मतदान केन्द्र बदल्ने कामका लागि आगामी २६ मंसिरसम्म समय दिएको छ। यो काम अब घर बसेरै अनलाइनबाट गर्न सकिने भएकोले आयोगले सबै मतदातालाई सकेसम्म इन्टरनेटमार्फत निवेदन दिन आग्रह गरेको छ। नाम, ठेगाना, जन्ममिति, फोटो आदिमा गल्ती भए सच्याउन, मृतक वा विदेश बसाइँ सरेका व्यक्तिको नाम हटाउन र आफूलाई पायक पर्ने मतदानस्थलमा नाम सार्न चाहनेले यो समयसीमाभित्रै निवेदन दिनुपर्नेछ। आयोगले भनेको छ, “२६ मंसिरपछि निवेदन स्वीकार गरिने छैन, त्यसैले सबैले समयमै आफ्नो विवरण जाँचेर गल्ती भए सुधारौं।” अनलाइन निवेदन दिन election.gov.np वेबसाइटमा गएर सजिलै गर्न सकिन्छ। यो सुविधाले लामो लाइन बस्नुपर्ने झन्झट हटाएको छ।

सर्वसाधारणको जानकारीका लागि

सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तरगतका वनक्षेत्रमा जङ्गली भालु देखिएको भन्ने जानकारी स्थानीय व्यक्तिहरुबाट  प्राप्त भएको हुदाँ आमजनतालाई सुरक्षा तथा सतर्कता अपनाउन डिभिजन वन कार्यालय नुवाकोट हार्दिक अनुरोध गर्दछ। भालु मानव तथा पशुपालन दुवैका लागि जोखिमकारक हुन सक्ने भएकाले तल उल्लेखित सावधानीहरू पालना गर्नुहुन अनुरोध गर्दछौं: 1. एक्लै जङ्गल, झाडी तथा सुनसान क्षेत्रतर्फ नजानुहोस्। 2. बिहान–बेलुका घरबाहिर निस्कँदा विशेष सतर्कता अपनाउनुहोस्। 3. भालु देखा परेका तथा जोखिमयुक्त क्षेत्रहरूमा सर्वसाधारणको आवतजावत तत्काल रोक्नुहोस्। 4. पशुचौपायाहरूलाई सुरक्षित गोठमा राख्ने व्यवस्था मिलाउनुहोस्। 5. बालबालिकालाई बाहिर खेल्दा तथा हिँड्दा अभिभावकको साथमा मात्र जान दिनुहोस् । 6. भालु देखिएमा वा असामान्य गतिविधि सुनेमा तुरुन्त वडा कार्यालय, सव डिभिजन वन कार्यालय, वा नजिकैको सुरक्षाकर्मीलाई जानकारी गराउनुहोस्। 7. भालुलाई तर्साउने, फोटो/भिडियो लिन भीड तर्फ लगाउने, पछ्याउने वा हानिकारक व्यवहार गर्ने गराउने नगर्नुहोस्।