सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तरगतका वनक्षेत्रमा जङ्गली भालु देखिएको भन्ने जानकारी स्थानीय व्यक्तिहरुबाट प्राप्त भएको हुदाँ आमजनतालाई सुरक्षा तथा सतर्कता अपनाउन डिभिजन वन कार्यालय नुवाकोट हार्दिक अनुरोध गर्दछ। भालु मानव तथा पशुपालन दुवैका लागि जोखिमकारक हुन सक्ने भएकाले तल उल्लेखित सावधानीहरू पालना गर्नुहुन अनुरोध गर्दछौं:
1. एक्लै जङ्गल, झाडी तथा सुनसान क्षेत्रतर्फ नजानुहोस्।
2. बिहान–बेलुका घरबाहिर निस्कँदा विशेष सतर्कता अपनाउनुहोस्।
3. भालु देखा परेका तथा जोखिमयुक्त क्षेत्रहरूमा सर्वसाधारणको आवतजावत तत्काल रोक्नुहोस्।
4. पशुचौपायाहरूलाई सुरक्षित गोठमा राख्ने व्यवस्था मिलाउनुहोस्।
5. बालबालिकालाई बाहिर खेल्दा तथा हिँड्दा अभिभावकको साथमा मात्र जान दिनुहोस् ।
6. भालु देखिएमा वा असामान्य गतिविधि सुनेमा तुरुन्त वडा कार्यालय, सव डिभिजन वन कार्यालय, वा नजिकैको सुरक्षाकर्मीलाई जानकारी गराउनुहोस्।
7. भालुलाई तर्साउने, फोटो/भिडियो लिन भीड तर्फ लगाउने, पछ्याउने वा हानिकारक व्यवहार गर्ने गराउने नगर्नुहोस्।

Comments
Post a Comment