नुवाकोट | बेलकोटगढी
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री विकास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका लागि न्यानो कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मनोज लामा ज्यूको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व पर्यटन तथा श्रम, संस्कृति मन्त्री एवं संघीय संसद सदस्य श्री हितबहादुर तामाङ ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति श्रीमती विमला सुबेदी ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा सामाजिक व्यक्तित्व, युवा नेतृत्वकर्ता, सफल युवा व्यवसायी, अधिवक्ता तथा अटो रेसिङका ओनर आदरणीय श्री रुद्र ढुंगेल ज्यूको तर्फबाट विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। उहाँको सहयोगले चिसो मौसममा विद्यार्थीहरूको दैनिकी सहज हुनुका साथै विद्यालय परिवार, अभिभावक र समुदायमा उत्साह थपिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै अतिथिहरूले यस्ता मानवीय सहयोगले बालबालिकाको शिक्षा, स्वास्थ्य र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
विद्यालय परिवारले यस महत्वपूर्ण सहयोगप्रति सहयोगी दाता, अतिथि तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, यस्ता सहयोग र सद्भावले बालबालिकाको शैक्षिक यात्रामा थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ।

Comments
Post a Comment