नुवाकोट। नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका–५ निवासी तथा हाल अमेरिका बसोबास गर्दै आउनुभएका उत्सव रिमालज्यूले आफ्ना हजुरबुबा श्री यज्ञ प्रसाद रिमालज्यूको १०४औँ जन्मदिनको अवसरमा सामाजिक तथा मानवीय कार्य गर्नुभएको छ।
उक्त अवसरमा बेलकोटगढी नगरपालिका–५ स्थित श्री गणेशस्थान आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा
बेलकोटगढी नगरपालिका–५ का वडा अध्यक्ष श्री मदन भुजेलज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने
बेलकोटगढी नगरपालिका कार्यपालिकाका सदस्य श्री अनुराधा श्रेष्ठज्यू विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा उत्सव रिमालज्यूका ठूला बुबाहरू नारायण रिमालज्यू र कृष्ण रिमालज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले समाजसेवा र मानवीय कार्यमा विदेशमा रहँदा पनि जन्मभूमिप्रति देखाइएको माया, सद्भाव र योगदान अत्यन्तै प्रशंसनीय रहेको बताए। यस्ता कार्यले बालबालिकामा सकारात्मक सन्देश प्रवाह हुनुका साथै समाजमा सहयोग र सहकार्यको भावना विकास हुने विश्वास व्यक्त गरिएको थियो।
समाजसेवा तथा मानवीय कार्यमा पुर्याउनुभएको योगदानका लागि श्री उत्सव रिमालज्यूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ।

Comments
Post a Comment