Skip to main content

Posts

Showing posts from January, 2026

श्री पञ्चासे माध्यमिक विद्यालय स्वर्ण जयन्ती मनाउने तयारीमा

बेलकोटगढी-४| वि.सं. २०३२ सालमा स्थापना भएको श्री पञ्चासे माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती (५० औँ वर्ष)फागुन २ र ३ गते भव्य रूपमा मनाउने तयारी सुरु गरेको छ। पाँच दशक लामो शैक्षिक यात्रामा विद्यालयले हजारौँ विद्यार्थीलाई शिक्षा, संस्कार र अनुशासन प्रदान गर्दै समाजमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागितामा स्वर्ण जयन्ती समारोहलाई सफल, स्मरणीय र ऐतिहासिक बनाउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ। स्वर्ण जयन्तीका अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सम्मान कार्यक्रमहरू आयोजना गरिने तयारी भइरहेको छ। विद्यालय प्रशासनका अनुसार स्वर्ण जयन्ती समारोहमार्फत विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा भावी योजनाहरूलाई समेत उजागर गरिनेछ। साथै, विद्यालयको समग्र उन्नतिका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले पूर्व विद्यार्थी, अभिभावक, शुभेच्छुक, समाजसेवी तथा सरोकारवालासँग आर्थिक, भौतिक र नैतिक सहयोगको अपिल गरिएको छ। विद्यालय परिवारले “हाम्रो विद्यालय, हाम्रो गौरव” भन्ने मूल नारासहित ...

दाङ–१ बाट उम्मेदवारी नपाएपछि भोजराज थापाले सार्वजनिक गरे धारणा

 दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार छनोट प्रक्रियाप्रति दाङ निर्वाचन क्षेत्र नं. १ का आकांक्षी भोजराज थापाले आफ्ना धारणा सार्वजनिक गरेका छन्। लामो समयदेखि भुईमान्छेका आवाज र समस्यालाई सदनसम्म पुर्‍याउने उद्देश्यसहित राजनीतिमा होमिने निर्णय गरेका थापाले उम्मेदवार चयन प्रक्रियामा पारदर्शिताको अपेक्षा गरेका थिए। थापाका अनुसार, सरकारले जनताको आवाज नसुनेको र समस्याहरू नदेखाएको अनुभूतिका कारण उनले राजनीति मार्फत हजारौँ जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वाससहित चुनावमा सहभागिता जनाएका थिए। “एउटा व्यक्तिले धेरै समस्या समाधान गर्न सक्छ भने सरकारले चाहे के गर्न सक्दैन ?” भन्ने सोचका साथ उनले उम्मेदवारी आकांक्षा अघि सारेको बताएका छन्। रास्वपामा उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन हुने बुझाइका आधारमा आफूले आवेदन दिएको तर अन्ततः प्राइमरी नभई सिधै उम्मेदवार चयन गरिएकोप्रति उनले असन्तुष्टि जनाए पनि व्यक्तिगत रुपमा उम्मेदवार चयनप्रति चित्त दुखाइ नरहेको स्पष्ट पारेका छन्। सुरूमै प्रदेश सभापतिले टिकट पाउने प्रावधान स्पष्ट गरिएको भए आफू लगायत अन्य आकांक्षीहरूले आवेदन नदिने अवस...

बेलकोटगढीमा दशौँ झिल्टुङ क्रस कन्ट्री दौड तथा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोट — बेलकोटगढी नगरपालिकाको आयोजनामा “दशौँ झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता–२०८२” तथा विविध सांस्कृतिक कार्यक्रम आगामी माघ ८ गतेदेखि १० गतेसम्म हुने भएको छ। नगरपालिकाको बाघखोरस्थित कोल्पुटार क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रमले खेलकुद, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। नगरपालिकाले अघि सारेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारमा अभिवृद्धि : बेलकोटगढी नगरपालिकाको समृद्धि” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन लागेको यस कार्यक्रममार्फत स्थानीय पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्य लिइएको छ। साथै “जे गरौँ, गजबले गरौँ” भन्ने सन्देशसहित कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रम अन्तर्गत झिल्टुङ क्षेत्र केन्द्रित क्रस कन्ट्री दौड प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुति, लोकनृत्य, झाँकी प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रममा चर्चित गा...

बेलकोटगढीमा “प्रथम चिम्टेश्वर अन्तरपालिका T–20 कप” क्रिकेट प्रतियोगिता हुँदै

बेलकोटगढी— नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा “प्रथम चिम्टेश्वर अन्तरपालिका T–20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। नुवाकोट क्रीकेट संघको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता २०८२ साल माघ २ र ३ गते सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगिता बेलकोटगढी नगरपालिका–७ स्थित महादेव फाँटमा सञ्चालन हुनेछ। अन्तरपालिका स्तरका टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्नुका साथै जिल्लामा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक नुवाकोट क्रीकेट संघका अनुसार प्रतियोगितामा विभिन्न पालिकाका उत्कृष्ट टिमहरू सहभागी हुनेछन्। खेलकुदमार्फत आपसी सद्भाव, अनुशासन र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। स्थानीय तह, खेलप्रेमी दर्शक तथा क्रिकेट अनुरागीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले आग्रह गरेको छ।

प्रतिस्पर्धा जित्ने खुशीसँगै कदरको अनुभूति पनि उत्तिकै आवश्यक छ।

 बेलकोटगढी नगरपालिका |राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका स्तरमा सफलतापूर्वक सम्पन्न भयो। त्यसक्रममा एउटा विद्यार्थीले सोध्यो— “सर, गोल्ड मेडल पाउनेले कति पुरस्कार पाउँछ ?” मैले भनेँ— “मेडल पाइसक्यौ, अब प्रमाणपत्र पाइन्छ।” विद्यार्थीको सरल तर गहिरो जवाफ आयो— “स्कुलमा म्युजिकल चेयर खेल्दा पनि कापी पाइन्थ्यो त, सर!” म केही बोलिन। यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ— विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै मेडल प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयले प्रोत्साहन स्वरूप सानो भए पनि पुरस्कार प्रदान गर्न सके, उनीहरूमा थप हौसला, आत्मविश्वास र आगामी संस्करणका लागि नयाँ ऊर्जा भरिन सक्थ्यो। 👉 प्रतिस्पर्धा जित्ने खुशीसँगै कदरको अनुभूति पनि उत्तिकै आवश्यक छ।

Mayor Cup & 4th Martyrs Memorial National Hapkido Championship 2026 to Be Held on January 30–31

Belkotgadhi: Preparations have been completed for the prestigious “Mayor Cup & 4th Martyrs Memorial National Hapkido Championship 2026” , which is scheduled to take place on January 30 and 31, 2026 . The national-level championship is expected to bring together top Hapkido athletes from across Nepal, showcasing skill, discipline, and the true spirit of martial arts. The championship is being organized under the approval of the Nepal Hapkido Association , with active participation from district and provincial teams. The event aims to promote martial arts excellence while honoring the contribution and sacrifice of the nation’s martyrs. According to Championship Coordinator Prabin Gurung , the competition will serve as a platform for emerging and professional athletes to demonstrate their technical precision, mental strength, and discipline. “This championship is not just about winning medals; it is about preserving martial arts values, national unity, and respect for the martyrs who...

मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२ को तयारी अघि बढ्यो

बेलकोटगढी।मिति २०८२/०९/२८ गते नेपाल हाप्किडो संघको स्वीकृतिमा नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” आगामी माघ १६, १७ र १८ गते बेलकोटगढीमा आयोजना गर्ने प्रस्ताव पेश गरिएको छ। उक्त प्रस्ताव नुवाकोट जिल्ला हाप्किडो संघका पदाधिकारी तथा खेलाडीहरूको उपस्थितिमा बेलकोटगढी नगर प्रमुख श्री जगत बहादुर गुरुङज्यू समक्ष प्रस्तुत गरिएको थियो। नगर प्रमुखज्यूले प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाबाट औपचारिक अनुमति प्रदान गर्नुका साथै आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस प्रतियोगिताले सहिदहरूको स्मृतिलाई सम्मान गर्दै हाप्किडो खेलको राष्ट्रियस्तरमा प्रवर्द्धन, खेलाडीहरूको क्षमता विकास तथा खेलकुद संस्कृतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक नुवाकोट जिल्ला हाप्किडो संघले सातै प्रदेशका प्रशिक्षक तथा खेलाडीहरूलाई सहभागिताका लागि आवश्यक तयारी अवस्थामा रहन हार्दिक अनुरोध गरेको छ।

बेलकोटगढीमा आयोजित राष्ट्रपति रनिङ शिल्डमा पञ्चासे माविका विद्यार्थीहरूको उत्कृष्ट सफलता

  बेलकोटगढी नगरपालिका |बेलकोटगढी नगरपालिका द्वारा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री पञ्चासे माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पदक जित्न सफल भएका छन्। कराँते विधातर्फ विपिन तामाङ र आशिका लामाले स्वर्ण पदक जित्न सफल भए भने विवेक तामाङले रजत पदक प्राप्त गरे। त्यसैगरी सुमन गुरुङ र शान्ता तामाङले कास्य पदक जित्दै विद्यालयको गौरव बढाएका छन्। त्यसैगरी दौड प्रतियोगितातर्फ रिचन लामाले ८०० मिटर दौडमा स्वर्ण पदक जित्दा सुकुमायाले ३००० मिटर दौडमा रजत पदक हासिल गर्न सफल भइन्। विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणले विद्यालयलाई गौरवान्वित बनाएको विद्यालय परिवारले जनाएको छ। विद्यालय परिवारले सम्पूर्ण पदक विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेको छ।

श्री उज्वलतारा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

 नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीस्थित  श्री उज्वलतारा आधारभूत विद्यालय मा अध्ययनरत बाल कक्षादेखि कक्षा २ सम्मका करिब ३१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। नेपाली जनप्रगतिशील मञ्च, प्रबासी  टिमको सहयोगमा सम्पन्न उक्त कार्यक्रम बेलकोटगढी नगरपालिका नगर प्रमुख श्री  जगत बहादुर गुरुङ को प्रमुख आतिथ्य तथा वडा नम्बर ९ का वडा अध्यक्ष श्री  दुर्गा प्रसाद गजुरेल को विशेष आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख गुरुङले विद्यालयमा आवश्यक पर्ने भवन निर्माणका लागि  रु. १५ लाख बजेट  विनियोजन गरी स्रोत सुनिश्चित गरिएको जानकारी दिनुभयो। साथै विद्यालयमा देखिएका अन्य आवश्यक समस्याहरू समाधान गर्न समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख गुरुङले यसअघि पनि विद्यालय पुनः सञ्चालनका लागि  रु. १ लाख  बराबरको अक्षयकोष स्थापना गरी सहयोग पुर्‍याएको स्मरण गराउँदै विद्यालय परिवारले उहाँप्रति आभार व्यक्त गरेको छ। कार्यक्रममा विभिन्न विद्यालयका  प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, बाघखोर प्रहरी पोस्...

श्री उज्वलतारा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीस्थित श्री उज्वलतारा आधारभूत विद्यालय मा अध्ययनरत बाल कक्षादेखि कक्षा २ सम्मका करिब ३१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। नेपाली जनप्रगतिशील मञ्च, प्रबासी टिमको सहयोगमा सम्पन्न उक्त कार्यक्रम बेलकोटगढी नगरपालिका नगर प्रमुख श्री जगत बहादुर गुरुङ को प्रमुख आतिथ्य तथा वडा नम्बर ९ का वडा अध्यक्ष श्री दुर्गा प्रसाद गजुरेल को विशेष आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख गुरुङले विद्यालयमा आवश्यक पर्ने भवन निर्माणका लागि रु. १५ लाख बजेट विनियोजन गरी स्रोत सुनिश्चित गरिएको जानकारी दिनुभयो। साथै विद्यालयमा देखिएका अन्य आवश्यक समस्याहरू समाधान गर्न समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख गुरुङले यसअघि पनि विद्यालय पुनः सञ्चालनका लागि रु. १ लाख बराबरको अक्षयकोष स्थापना गरी सहयोग पुर्‍याएको स्मरण गराउँदै विद्यालय परिवारले उहाँप्रति आभार व्यक्त गरेको छ। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, बाघखोर प्रहरी पोस्टका इन्चार्ज, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्...

पोखरी आधारभूत विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  नुवाकोट । बेलकोटगढी नगरपालिका–०३ अन्तर्गत झ्याङ्ली पोखरीस्थित श्री पोखरी आधारभूत विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायलाई लक्षित गरी आयोजित कार्यक्रममा बचतको महत्व, ऋण व्यवस्थापन, बैंकिङ सेवाहरू तथा जिम्मेवार वित्तीय व्यवहारसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले दैनिक जीवनमा वित्तीय सचेतना कसरी अपनाउने भन्नेबारे व्यावहारिक ज्ञान प्राप्त गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने श्री पोखरी आधारभूत विद्यालय परिवार तथा Damodar Pudasaini लाई विशेष धन्यवाद व्यक्त गरिएको छ। आयोजक पक्षका अनुसार यस्ता कार्यक्रमले समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। #FinancialLiteracy #वित्तीय_साक्षरता #SanimaBank

श्री कामरुदेवी माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न

बेलकोटगढी (नुवाकोट), पुस २० – बेलकोटगढी नगरपालिका–५, दुईपिपल डबलीस्थित श्री कामरुदेवी माध्यमिक विद्यालयमा एक विशेष अभिभावक भेला सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना सुधार तथा विद्यार्थीहरूको समग्र विकासका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्री जगतबहादुर गुरुङले विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको प्रगति नगरको गौरवसँग जोडिएको बताउनुभयो। उहाँले विद्यालयको विकासका लागि नगरपालिकाबाट सक्दो सहयोग पुर्‍याइने उल्लेख गर्नुभयो। विशेष अतिथि श्री शिवप्रसाद दाहालले विद्यालयको समग्र हितका लागि निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो। त्यस्तै, वडा अध्यक्ष श्री मदन भुजेलले विद्यालयका हरेक क्रियाकलापमा वडा कार्यालय सधैं सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। विद्यालयप्रति निरन्तर माया र चासो राख्दै आफ्ना व्यस्त समयबीच उपस्थित हुनुभएका श्री शुदर्शन नेपाल र श्री नारायण नेपाल लगायत विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू, अभिभावक, सरोकारवाला तथा शिक्षा...

परीक्षा तयारीमा विद्यार्थीहरूलाई राहत : नेपाल टेलिकमको ‘NT Fiber विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं, पुस १८ । परीक्षा नजिकिँदै गर्दा अनलाइन माध्यमबाट पढाइ गर्ने विद्यार्थीहरूलाई सहजता प्रदान गर्न नेपाल टेलिकमले विशेष ‘NT Fiber विद्यार्थी अफर’ ल्याएको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले ३० Mbps ब्यान्डविथसहितको उच्च गतिको इन्टरनेट सेवा वर्षभरका लागि मात्र रु. ४,९९९ मा पाउन सक्नेछन्। सो अफरमा एक थान डुअल ब्यान्ड राउटर र ड्रप फाइबर निःशुल्क उपलब्ध गराइनेछ भने जडान शुल्क मात्र रु. ५०० तोकिएको छ। नेपाल टेलिकमका अनुसार विद्यार्थीहरूले जसरी पढे पनि — अनलाइन क्लास वा युट्युब ट्युटोरियलमार्फत — अब इन्टरनेटको चिन्ता लिनु नपर्नेछ। त्यसैगरी, NT App पहिलो पटक डाउनलोड गरी लगइन गर्ने प्रयोगकर्ताले १ GB बोनस मोबाइल डेटा पनि पाउनेछन्। नयाँ जडान वा मर्मतका लागि ग्राहकहरूले १९८ (NT नेटवर्क) वा ०१–५१९०१९८ (अन्य नेटवर्क) मा सम्पर्क गर्न सक्नेछन्। मोबाइल सेवासम्बन्धी समस्याका लागि १४९८ (NT नेटवर्क) वा ०१–५९०१४९८ (अन्य नेटवर्क) नम्बर उपलब्ध छ। थप जानकारीका लागि नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर्न सकिनेछ। नेपाल टेलिकमले विद्यार्थीहरूलाई अध्ययनमा सहजता पुर्‍याउने उद्देश्यले ल्याएको यो अफरले ग्...

श्री तिलकेश्वर आधारभूत विद्यालय, कथुरानीमा विशेष अतिरिक्त क्रियाकलाप सम्पन्न

नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका–४, कथुरानीमा अवस्थित श्री तिलकेश्वर आधारभूत विद्यालय मा आज २०८२ पौष १८ गते शुक्रबार विद्यार्थीहरूको सर्वाङ्गीण विकास र सीप अभिवृद्धिका लागि लक्षित विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालय प्रशासनका अनुसार, यस कार्यक्रममा विद्यार्थीहरूको रुचि, क्षमता र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्न विभिन्न स्तरअनुसारका प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। कक्षा ६, ७ र ८ का विद्यार्थीहरूबीच निबन्ध लेखन प्रतियोगिता, कक्षा ४ र ५ का विद्यार्थीहरूबीच चम्चा गुच्चा दौड प्रतियोगिता, र कक्षा १, २ र ३ का विद्यार्थीहरूबीच रुमाल लुकाई खेल प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक–शिक्षिका तथा विद्यार्थी समितिको सक्रिय सहयोगमा गरिएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए र प्रतियोगिताको सम्पूर्ण वातावरण मनोरञ्जनात्मक तथा शिक्षाप्रद रहेको थियो। निबन्ध लेखन प्रतियोगितामा विद्यार्थीहरूले शिक्षाको महत्त्व, देशप्रेम, र सामाजिक उत्तरदायित्वजस्ता विषयमा आफ्ना विचार व्यक्त गरेका थिए भने खेलकुदका प्रतिस्पर्धाहरूल...

सामाजिक सञ्जालमा टोपी दिवसको झलक: आम सर्वसाधारणदेखि सांसदसम्म

  काठमाडौं। नेपालमा टोपी दिवसको अवसरमा सामाजिक सञ्जालमा विविध उमेर र पेशाका व्यक्तिहरूको टोपी लगाएका फोटोहरू शेयर भएका छन्। यी फोटोहरूमा देखिन्छ विद्यालयका विद्यार्थी, कर्मचारी, आम नागरिक, व्यवसायी, र संसदका सांसद समेत नेपाली ढाका टोपी वा अन्य परम्परागत टोपी लगाएर राष्ट्रिय पहिचानको सम्मान गरिरहेका छन्। सोसल मिडियामा #TopiDiwas, #NepaliTopi जस्ता ह्यासट्यागसँग फोटोहरू भाइरल भएका छन्। विशेषगरी, सामाजिक सञ्जालले देशभरिका नागरिकलाई टोपी दिवस मनाउने र आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा काम गरेको देखिन्छ। फोटोफिचरमा प्रस्तुत छन्: विद्यार्थी र शिक्षकहरू स्कूल कार्यक्रममा टोपीमा सांसद र सरकारी कर्मचारीहरूको टोपी लगाएका झलक आम सर्वसाधारणको पारिवारिक वा व्यक्तिगत फोटोहरू टोपी दिवसको सामाजिक सञ्जाल फोटोफिचरले नेपाली परम्परा र सांस्कृतिक पहिचानको महत्त्व उजागर गरेको छ।

पूर्ण छात्रवृतिमा MBBS नाम निकाल्न सफल सत्य नारायण साफी सम्मानित, आर्थिक सहयोग प्रदान

  काठमाडौं। MBBS अध्ययनका लागि पूर्ण छात्रवृतिमा सफलता हासिल गरेका सत्य नारायण साफीलाई आर्थिक अभावका कारण पढाइमा बाधा नपुगोस् भनी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। सहयोग रकम संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादवज्यूले हस्तान्तरण गर्नुभयो। सत्य नारायण साफीको डाक्टर बन्ने सपना साकार होस् भन्ने शुभकामना व्यक्त गर्दै, यस सहयोगले उनको शिक्षा यात्रा अझ सहज र प्रेरणादायी बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, युवा प्रतिभालाई प्रोत्साहन दिनुमा संस्थाको योगदानलाई उच्च सराहना गरिएको छ। ❤️ सत्य नारायण साफीलाई हाम्रो सबैको तर्फबाट उज्जवल भविष्यको शुभकामना!

नेपाली कांग्रेसमा विशेष महाधिवेशनतर्फ महामन्त्रीद्वयको अघि बढाइ

  काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरेका छन्। पुस २६–२८ गते आयोजना हुने तय गरिएको १५औं नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएपछि उनीहरू विशेष महाधिवेशनतर्फ अघि बढेका हुन्। नियमित महाधिवेशन प्रभावित महामन्त्रीद्वयले बिहीबार जारी संयुक्त वक्तव्यमा भनेका छन् कि नियमित महाधिवेशनको कार्यतालिका समयमै परिमार्जन नभएपछि सम्पूर्ण प्रक्रिया प्रभावित भएको छ। पुस २६ गतेदेखि लागू हुनुपर्ने कार्यतालिका कार्यान्वयन नहुँदा पार्टीभित्र अन्योल र असमझदारी बढेको थियो। विशेष महाधिवेशनको तयारी विशेष महाधिवेशन पुस २७–२९ गते भृकुटीमण्डपमा आयोजना गर्ने तयारी तीव्र पारिएको छ। केन्द्रीय सदस्य मधु आचार्य अनुसार आवश्यक तयारी समिति गठनको प्रक्रिया अघि बढाइएको छ। महामन्त्री थापाले महाधिवेशनमा पेश हुने प्रतिवेदनको लेखन कार्यसमेत सुरु गरिसकेका छन्। औपचारिक जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी छ। विधानको आधारमा अधिकार स्पष्ट कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरे ...

अपर बर्मीओकमा तमु लोछर २०२५ उत्सव सम्पन्न

  बर्मीओक, अपर। अपर बर्मीओकमा तमु लोछर २०२५ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। यो अवसर परम्परा, एकता र युवाशक्तिको उत्साहले भरिपूर्ण रह्यो। लोछर पर्वले हामीलाई आफ्ना जरा र परम्परालाई सम्मान गर्दै आशा र मेलमिलापसहित अघि बढ्न प्रेरणा दिन्छ। उत्सवको अवसरमा गोल्डेन शीप क्लब, अपर बर्मीओकले खुला पुरुष फुटसल प्रतियोगिताको आयोजना गरेका थिए। यस अवसरमा क्षेत्रीय सांसद श्री लोकेनाथ नेपालले सांस्कृतिक तथा युवा कार्यक्रमहरूको निरन्तर सहयोग प्रदान गर्नु भएकोमा आयोजकले आभार व्यक्त गरेका छन्। समारोह सफल बनाउन आयोजक, स्वयंसेवक र सहभागीहरूको विशेष योगदान रहेको आयोजकहरूले बताएका छन्। उपस्थितहरूले लोछरको शान्ति, शक्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

दाङको राप्ती गाउँपालिका, वडा नं. ३ मा सालको रुखमा आगो नियन्त्रणमा

  दाङ, राप्ती गाउँपालिका–३। दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित श्रीचौर खेलमैदानमा रहेको सालको रुखमा लागेको आगो करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ। रुखमा लागेको आगो राप्ती गाउँपालिकाको मिनी दमकल, स्थानीय युवा, प्रहरी तथा सर्वसाधारणको सक्रिय सहभागितामा निभाइएको हो। स्थानीय युवा अभियन्ता प्रकाश शाहीका अनुसार, सालको रुखको बीच भाग सुकेको र धोद्रो भएकाले आगो नियन्त्रणमा लिन लामो समय लागेको हो। स्थानीयवासीका अनुसार, प्रदेश मन्त्रालय क्षेत्रभित्रबाट उत्पादित फोहोर खेलमैदानको चौरको किनारामा थुपारिएको थियो। सोही फोहोरमा आगो लगाउँदा बालबालिकाले रुखमा पनि आगो सल्काएको हुन सक्ने आशंका गरिएको छ। घटनाप्रति स्थानीय युवाहरूले राप्ती सब–डिभिजन वन कार्यालयको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। आगो लागेको स्थान नजिकै वन कार्यालय भए पनि आगो निभाउन कुनै भूमिका नखेलेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

टिकराम साउद प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश सामाजिक सञ्जाल विभागका सदस्यमा मनोनित

  सुदूरपश्चिम प्रदेश। प्रेस चौतारी नेपालले टिकराम साउदलाई सुदूरपश्चिम प्रदेश सामाजिक सञ्जाल विभागको सदस्यको रूपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। यस अवसरमा प्रेस चौतारी नेपालका सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलीज्यू, सुदूरपश्चिम प्रदेशका सचिव तथा सामाजिक सञ्जाल विभाग प्रमुख खेम ढुंगानाज्यू लगायत नेताहरूले उनलाई विश्वास गरेर जिम्मेवारी प्रदान गरेका छन्। मनोनयन प्राप्त गर्दै टिकराम साउदले आदरणीय नेताहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सामाजिक सञ्जाल विभागमा आफूमाथि दिइएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जाडो मौसममा श्री गणेश आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

रसुवा, उत्तरगया गाउँपालिका–२। जाडो मौसममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। यस कार्यक्रममा २३ थान स्विटर र टोपीहरू साथै विद्यार्थीहरूका लागि खेलकुद सामग्रीका रूपमा १ थान फुटबल विद्यालयलाई हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीहरू उत्तरगया–२ का लोकेन्द्र तामाङ ज्यूको माध्यमबाट विद्यालयमा हस्तान्तरण गरिएको थियो। यो अभियानमा प्रवासी नेपालीहरूको उल्लेखनीय योगदान रहेको छ। सहयोगीहरूमा — अस्मि स्याङ्तान तामाङ (उत्तरगया–१, रसुवा हाल दुबई), समिता तामाङ (बेलकोटगढी नगरपालिका–४, नुवाकोट), असिम लोछन तामाङ (काभ्रे हाल स्पेन), सञ्जाल किराँती (खोटाङ हाल कोरिया), सुरज किराँती (उदयपुर हाल कोरिया), तथा तारा मिलन मगर (कास्की हाल अमेरिका) रहेका छन्। सहयोगी टिमले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ विद्यालयका विद्यार्थीहरूमा प्रेरणा र सहयोगको भावना जगाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताइएको छ। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभ...