रसुवा, उत्तरगया गाउँपालिका–२।
जाडो मौसममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ।
यस कार्यक्रममा २३ थान स्विटर र टोपीहरू साथै विद्यार्थीहरूका लागि खेलकुद सामग्रीका रूपमा १ थान फुटबल विद्यालयलाई हस्तान्तरण गरिएको हो।
सहयोग सामग्रीहरू उत्तरगया–२ का लोकेन्द्र तामाङ ज्यूको माध्यमबाट विद्यालयमा हस्तान्तरण गरिएको थियो।
यो अभियानमा प्रवासी नेपालीहरूको उल्लेखनीय योगदान रहेको छ।
सहयोगीहरूमा —
अस्मि स्याङ्तान तामाङ (उत्तरगया–१, रसुवा हाल दुबई),
समिता तामाङ (बेलकोटगढी नगरपालिका–४, नुवाकोट),
असिम लोछन तामाङ (काभ्रे हाल स्पेन),
सञ्जाल किराँती (खोटाङ हाल कोरिया),
सुरज किराँती (उदयपुर हाल कोरिया),
तथा तारा मिलन मगर (कास्की हाल अमेरिका)
रहेका छन्।
सहयोगी टिमले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ विद्यालयका विद्यार्थीहरूमा प्रेरणा र सहयोगको भावना जगाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताइएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसबारे जानकारी समिता तामाङले दिनुभएको हो।
मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

Comments
Post a Comment