बेलकोटगढी नगरपालिका |बेलकोटगढी नगरपालिका द्वारा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री पञ्चासे माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पदक जित्न सफल भएका छन्।
कराँते विधातर्फ विपिन तामाङ र आशिका लामाले स्वर्ण पदक जित्न सफल भए भने विवेक तामाङले रजत पदक प्राप्त गरे। त्यसैगरी सुमन गुरुङ र शान्ता तामाङले कास्य पदक जित्दै विद्यालयको गौरव बढाएका छन्।
त्यसैगरी दौड प्रतियोगितातर्फ रिचन लामाले ८०० मिटर दौडमा स्वर्ण पदक जित्दा सुकुमायाले ३००० मिटर दौडमा रजत पदक हासिल गर्न सफल भइन्।
विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणले विद्यालयलाई गौरवान्वित बनाएको विद्यालय परिवारले जनाएको छ। विद्यालय परिवारले सम्पूर्ण पदक विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेको छ।

Comments
Post a Comment