बेलकोटगढी नगरपालिका |राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका स्तरमा सफलतापूर्वक सम्पन्न भयो।
त्यसक्रममा एउटा विद्यार्थीले सोध्यो—
“सर, गोल्ड मेडल पाउनेले कति पुरस्कार पाउँछ ?”
मैले भनेँ— “मेडल पाइसक्यौ, अब प्रमाणपत्र पाइन्छ।”
विद्यार्थीको सरल तर गहिरो जवाफ आयो—
“स्कुलमा म्युजिकल चेयर खेल्दा पनि कापी पाइन्थ्यो त, सर!”
म केही बोलिन।
यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ—
विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै मेडल प्राप्त गर्ने विद्यार्थीहरूलाई
सम्बन्धित विद्यालयले प्रोत्साहन स्वरूप सानो भए पनि पुरस्कार प्रदान गर्न सके,
उनीहरूमा थप हौसला, आत्मविश्वास र आगामी संस्करणका लागि नयाँ ऊर्जा भरिन सक्थ्यो।
👉 प्रतिस्पर्धा जित्ने खुशीसँगै कदरको अनुभूति पनि उत्तिकै आवश्यक छ।

Comments
Post a Comment