बेलकोटगढी।मिति २०८२/०९/२८ गते नेपाल हाप्किडो संघको स्वीकृतिमा नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” आगामी माघ १६, १७ र १८ गते बेलकोटगढीमा आयोजना गर्ने प्रस्ताव पेश गरिएको छ।
उक्त प्रस्ताव नुवाकोट जिल्ला हाप्किडो संघका पदाधिकारी तथा खेलाडीहरूको उपस्थितिमा बेलकोटगढी नगर प्रमुख श्री जगत बहादुर गुरुङज्यू समक्ष प्रस्तुत गरिएको थियो। नगर प्रमुखज्यूले प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाबाट औपचारिक अनुमति प्रदान गर्नुका साथै आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस प्रतियोगिताले सहिदहरूको स्मृतिलाई सम्मान गर्दै हाप्किडो खेलको राष्ट्रियस्तरमा प्रवर्द्धन, खेलाडीहरूको क्षमता विकास तथा खेलकुद संस्कृतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक नुवाकोट जिल्ला हाप्किडो संघले सातै प्रदेशका प्रशिक्षक तथा खेलाडीहरूलाई सहभागिताका लागि आवश्यक तयारी अवस्थामा रहन हार्दिक अनुरोध गरेको छ।

Comments
Post a Comment