Skip to main content

बेलकोटगढीमा दशौँ झिल्टुङ क्रस कन्ट्री दौड तथा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

नुवाकोट — बेलकोटगढी नगरपालिकाको आयोजनामा “दशौँ झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता–२०८२” तथा विविध सांस्कृतिक कार्यक्रम आगामी माघ ८ गतेदेखि १० गतेसम्म हुने भएको छ। नगरपालिकाको बाघखोरस्थित कोल्पुटार क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रमले खेलकुद, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


नगरपालिकाले अघि सारेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारमा अभिवृद्धि : बेलकोटगढी नगरपालिकाको समृद्धि” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन लागेको यस कार्यक्रममार्फत स्थानीय पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्य लिइएको छ। साथै “जे गरौँ, गजबले गरौँ” भन्ने सन्देशसहित कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत झिल्टुङ क्षेत्र केन्द्रित क्रस कन्ट्री दौड प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुति, लोकनृत्य, झाँकी प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रममा चर्चित गायक–गायिका किरण भुजेल ,सरोज लामिछाने ,प्रतिमा आर्यल ,प्रदिप रोका,स्मृति गौतम,सीता सुवेदी ,भिमसेन खतिवडा ,सारादा रसाइली ,लक्ष्मी दर्लान तिर्सना बराइली ,सबिता ढुंगाना लगायत कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।

बेलकोटगढी नगरपालिका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूले सम्पन्न क्षेत्रका रूपमा परिचित छ। झिल्टुङ क्रस कन्ट्री दौडमार्फत निरञ्जना मन्दिर, चिठ्टेश्वर मन्दिर, सहिद पार्क, गणेशस्थान मन्दिरलगायत पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटन प्रवाह वृद्धि गर्ने लक्ष्य लिइएको छ।

आयोजकका अनुसार कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, युवा तथा सम्पूर्ण नगरवासीको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। यस किसिमका कार्यक्रमहरूले नगरको सामाजिक एकता, स्वास्थ्य सचेतना र खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ

बेलकोटगढी नगरपालिकाले यसअघि पनि निरन्तर रूपमा खेलकुद तथा सांस्कृतिक गतिविधि आयोजना गर्दै आएको छ। दशौँ संस्करणमा प्रवेश गरेको झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिताले बेलकोटगढीलाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।

Comments

Popular posts from this blog

मेयर कप हाप्किडोमा मालिका माविको दबदबा, ७ स्वर्णसहित प्रथम स्थान

 मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

निर्माणाधीन निङमा साङाग गुम्बा: दियाले सिक्रेपिपलमा धर्म, संस्कृति र आस्थाको केन्द्र बन्दै

दियाले||नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, दियाले सिक्रेपिपलमा निर्माणाधीन निङमा साङाग गुम्बा स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र आध्यात्मिकताको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। शान्त वातावरणमा अवस्थित यस गुम्बा क्षेत्रले धार्मिक साधना, प्रार्थना तथा सामुदायिक एकताको प्रतीकका रूपमा पहिचान बनाइरहेको छ। निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख हुँदै जाँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ भने गुम्बा सम्पन्न भएपछि धार्मिक पर्यटनको सम्भावना समेत बढ्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार गुम्बा निर्माणले यहाँको धार्मिक गतिविधि मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउनेछ। बौद्ध धर्मको निङ्मापा परम्परा अनुसार स्थापना गरिएको यस गुम्बामा ध्यान, पूजापाठ, शिक्षा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। गुम्बा निर्माणमा स्थानीय समुदाय, दाताहरू तथा धर्मप्रेमी व्यक्तिहरूको सहयोग उल्लेखनीय रहेको निर्माण समितिले जनाएको छ। “यो गुम्बा हाम्रो आस्था मात्र होइन, भावी पुस्ताका लागि सांस्कृतिक धरोहर पनि हो,” एक ...

फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

  नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो। नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो। नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो। प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।