दाङ, राप्ती गाउँपालिका–३।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित श्रीचौर खेलमैदानमा रहेको सालको रुखमा लागेको आगो करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ।
रुखमा लागेको आगो राप्ती गाउँपालिकाको मिनी दमकल, स्थानीय युवा, प्रहरी तथा सर्वसाधारणको सक्रिय सहभागितामा निभाइएको हो। स्थानीय युवा अभियन्ता प्रकाश शाहीका अनुसार, सालको रुखको बीच भाग सुकेको र धोद्रो भएकाले आगो नियन्त्रणमा लिन लामो समय लागेको हो।
स्थानीयवासीका अनुसार, प्रदेश मन्त्रालय क्षेत्रभित्रबाट उत्पादित फोहोर खेलमैदानको चौरको किनारामा थुपारिएको थियो। सोही फोहोरमा आगो लगाउँदा बालबालिकाले रुखमा पनि आगो सल्काएको हुन सक्ने आशंका गरिएको छ।
घटनाप्रति स्थानीय युवाहरूले राप्ती सब–डिभिजन वन कार्यालयको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। आगो लागेको स्थान नजिकै वन कार्यालय भए पनि आगो निभाउन कुनै भूमिका नखेलेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

Comments
Post a Comment