बेलकोटगढी— नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा “प्रथम चिम्टेश्वर अन्तरपालिका T–20 कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। नुवाकोट क्रीकेट संघको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता २०८२ साल माघ २ र ३ गते सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रतियोगिता बेलकोटगढी नगरपालिका–७ स्थित महादेव फाँटमा सञ्चालन हुनेछ। अन्तरपालिका स्तरका टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्नुका साथै जिल्लामा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक नुवाकोट क्रीकेट संघका अनुसार प्रतियोगितामा विभिन्न पालिकाका उत्कृष्ट टिमहरू सहभागी हुनेछन्। खेलकुदमार्फत आपसी सद्भाव, अनुशासन र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।
स्थानीय तह, खेलप्रेमी दर्शक तथा क्रिकेट अनुरागीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले आग्रह गरेको छ।

Comments
Post a Comment