नुवाकोट ||नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसको जगदीश्वर नरसिंह केसी ले मध्यपूर्वमा विकसित भइरहेको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। विशेषगरी इजरायल, इरान तथा खाडी मुलुकहरूमा बढ्दो द्वन्द्वका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षालाई लिएर उनले चिन्ता व्यक्त गरेका हुन्। केसीले जारी गरेको वक्तव्यमा प्रवासमा रहेका हरेक नेपालीको पसिनाको मूल्य र ज्यानको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारेका छन्। नुवाकोट क्षेत्र नं. २ का धेरै युवायुवती रोजगारीका लागि ती देशहरूमा रहेको उल्लेख गर्दै उनले संकटको घडीमा उनीहरूको सुरक्षाका लागि आवश्यक सबै पहल गरिने प्रतिबद्धता जनाए। मुख्य प्रतिबद्धताहरू: १. तत्काल उद्धार पहल: युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गरी सुरक्षित स्थानमा सार्ने वा स्वदेश फिर्ता ल्याउने विषयमा नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयसँग व्यक्तिगत र पार्टीगत रूपमा निरन्तर समन्वय गर्ने उनले बताएका छन्। २. हेल्प डेस्क स्थापना: नुवाकोटबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूका परिवारलाई कानुन...