नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो।
नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो।
नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो।
प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।

Comments
Post a Comment