बेलकोटगढी-४||बागमती
प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय को पर्यटन विकास
आयोजना, इकाई कार्यालय काठमाडौँको सहयोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका–४
मा सबिनटोल डम्पु पार्क निर्माण कार्य सुरु गरिएको छ।
उक्त योजना
“सविनाटोल डम्पु पार्क निर्माण” नामबाट सञ्चालनमा आएको हो। पार्क निर्माण
उपभोक्ता समितिमार्फत कार्य अघि बढाइएको छ। योजना अन्तर्गत पार्क क्षेत्रको
व्यवस्थापन, संरचना निर्माण तथा पर्यटक आकर्षित गर्ने पूर्वाधार विकासका
काम गरिने जनाइएको छ।
आयोजनाको सम्झौता तथा कार्य प्रारम्भ मिति २०८२ साल माघ १९ गते तोकिएको छ भने २०८२ साल फागुन ३० गतेसम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बजेटको स्रोत बागमती प्रदेश सरकार, हेटौंडा (मकवानपुर) रहेको छ।
उपभोक्ता समितिका अध्यक्ष श्री बुद्धिमान गुरुङ, उपाध्यक्ष श्री भीम बहादुर गुरुङ, कोषाध्यक्ष श्री सरिता गुरुङ र सचिव श्री शरण गुरुङ रहेका छन्। आयोजनाको कार्यान्वयन तथा प्राविधिक समन्वय पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँले गर्नेछ।
स्थानीय स्तरमा पार्क निर्माण भएपछि बेलकोटगढी–४ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी, साना व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

Comments
Post a Comment