Skip to main content

Posts

Showing posts from April, 2026

गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। गुरुङले चैत १३, २०८२ देखि गृह मन्त्रीको रूपमा इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले सार्वजनिक जीवनमा नैतिकता र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफ्नो कदम आएको स्पष्ट पारे। साथै, उनले हाल युवापुस्ताबाट उठिरहेको परिवर्तनको आवाजले नेतृत्वलाई उत्तरदायी बन्न सन्देश दिएको पनि बताएका छन्। गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले तथा पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने हेतुले राजीनामा दिएको जनाएका छन्। उनले आफ्नो कदमलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै अब सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। राजीनाम...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा पञ्चासे माविका विद्यार्थीको उत्कृष्ट सफलता।

  नुवाकोट — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री पञ्चासे माध्यमिक विद्यालय का विद्यार्थीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका छन्। प्रतियोगिताअन्तर्गत ८०० मिटर दौडतर्फ रिचन लामा ले कास्य पदक जितेका छन्। त्यसैगरी, मार्सल आर्ट्स विधाअन्तर्गत U–५५ तौल समूहमा पेमा डोल्मा लामा ले र U–४२ तौल समूहमा बिपिन तामाङ ले कास्य पदक हात पारेका छन्। विद्यार्थीहरूको यो उल्लेखनीय सफलताले विद्यालयको नाम जिल्लास्तरमा उजागर गरेको छ। उनीहरूको कडा मेहनत, अनुशासन र समर्पणका कारण यस्तो उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ। विद्यालय परिवारले विजेता खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गरिएको छ।

‎चिम्टेश्वर साहित्य पदयात्रा–२०८३ आयोजना हुँदै

बेलकोटगढी— नुवाकोट साहित्य प्रतिष्ठान नेपाल को आयोजनामा “ चिम्टेश्वर  साहित्य पदयात्रा–२०८३” कार्यक्रम सञ्चालन हुने भएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस पदयात्रा आगामी वैशाख २६ गते सम्पन्न हुने जनाइएको छ। ‎ ‎कार्यक्रमले साहित्यप्रेमी, विद्यार्थी तथा सर्जकहरूलाई एकै ठाउँमा भेला गराई सिर्जनात्मक आदान–प्रदान गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने तथा स्थानीय सांस्कृतिक सम्पदाको पहिचान गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ। पदयात्राका क्रममा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै साहित्यिक छलफल, कविता वाचन तथा विविध सिर्जनात्मक गतिविधिमा सहभागिता जनाउनेछन्। ‎ ‎कार्यक्रम संयोजक रामकृष्ण अमर का अनुसार इच्छुक व्यक्तिहरूले समयमै नाम दर्ता गराई कार्यक्रममा सहभागी हुन सक्नेछन्। यसका लागि रामकृष्ण अमर, जानुका दाहाल, भगवती खनाल तथा प्रमिला परी सँग सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। ‎ ‎आयोजकले यस किसिमका कार्यक्रमले साहित्यप्रति रुचि बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।‎

बेलकोटगढीमा कक्षा ८ नतिजा सार्वजनिक : दुई विद्यालयले बनाए उत्कृष्ट पहिचान

 नुवाकोट, बेलकोटगढी — बेलकोटगढी नगरपालिका अन्तर्गतका आधारभूत तह (कक्षा ८) का विद्यालयहरूको वार्षिक परीक्षा नतिजा सार्वजनिक गरिएको छ। शैक्षिक सत्र २०८२ को नतिजाअनुसार यस वर्ष विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये समग्र उत्तीर्ण प्रतिशत सन्तोषजनक रहेको छ। नतिजामा बरदेवी आधारभूत विद्यालय(बेलकोटगढी-१०)ले (१८/१८) शतप्रतिशत सफलता हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ भने नवज्योति आधारभूत विद्यालय(बेलकोटगढी-३) ले ८ विद्यार्थीमध्ये ८ जना उत्तीर्ण गराउँदै दोस्रो उत्कृष्ट नतिजा ल्याएको छ। नगरपालिकाको शिक्षा शाखाका अनुसार यी विद्यालयहरूको नतिजा अन्य विद्यालयका लागि प्रेरणादायी मानिएको छ। साथै, समग्र शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा थप योजना तथा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नगरपालिकाले सबै विद्यालयलाई IEMIS प्रणालीमार्फत Gradewise Ledger प्रयोग गरी नतिजा हेर्न निर्देशन दिएको छ। साथै, नतिजा चित्त नबुझेमा निर्धारित समयभित्र निवेदन दिन सकिने व्यवस्था समेत गरिएको छ। शिक्षक, अभिभावक तथा विद्यार्थीलाई नतिजाबाट सिक्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरिएको छ।

महोत्तरीमा दर्दनाक दुर्घटना: मोटरसाइकल ठोक्किँदा आगलागी, तीन विद्यार्थीको मृत्यु

 महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरू जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्। जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोक्किएका थिए। ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी भई घटनास्थलमै तीन विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टका अनुसार मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतक तथा घाइते विद्यार्थीहरू एसईई परीक्षा सकेर घर फर्किरहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको र उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थानीय सुरक्षा निकायले घटनास्थलको ...

बेलकोटगढीमा कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम सुरु

बेलकोटगढी। बेलकोटगढी नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरिय कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम आइतबारदेखि सुरु भएको छ। कार्यक्रमको पहिलो दिन वडा नं. १२ र १३ का जनप्रतिनिधि, मेलमिलापकर्ता, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चन्डादेवी आधारभूत विद्यालयमा सम्पन्न उक्त कार्यक्रम नगर उपप्रमुख शिव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा उद्घाटन गरिएको हो। कार्यक्रममा सहभागीहरूलाई कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकका रूपमा अ. द्वारिका प्रसाद पाण्डे र प्र.स.नि. राजेश के.सी.ले प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो। आयोजकका अनुसार, यस कार्यक्रमले स्थानीय स्तरमा कानुनी ज्ञान विस्तार तथा न्यायिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, प्रशिक्षकहरूप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उपमेयर-शिव प्रसाद दाहाल

नुवाकोटमा सिन्दुर जात्राको रौनक, श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता

 नुवाकोट — ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्दुर जात्रा (देवी जात्रा) आज नुवाकोटमा विशेष उत्साहका साथ मनाइँदैछ। वर्षेनी मनाइने यस जात्राले स्थानीय क्षेत्रलाई उल्लासमय बनाएको छ भने श्रद्धालु तथा दर्शकहरूको उल्लेख्य सहभागिता देखिएको छ। देवी जात्रा वा सिन्दुर जात्रा परम्पराअनुसार चैत शुक्ल अष्टमीदेखि सुरु भई वैशाख कृष्ण दशमीसम्म सञ्चालन हुन्छ। यस वर्ष भने जात्रा चैत १२ गतेदेखि सुरु भई चैत १९ गते देविघाट जात्रा तथा चैत २१ गते सिन्दुर जात्रा विशेष रूपमा मनाइने कार्यक्रम रहेको छ। समग्र जात्रा वैशाख कृष्ण दशमी (चैत २९) सम्म मनाइनेछ। जात्राका क्रममा देवदेवीको पूजा, बाजागाजा, रथयात्रा तथा सिन्दुर खेल्ने परम्पराले वातावरण झन् रमाइलो र सांस्कृतिक बनाएको छ। विशेषगरी सिन्दुर जात्रामा सहभागीहरूले एकअर्कालाई सिन्दुर लगाउँदै खुशी साटासाट गर्ने परम्परा रहेको छ, जसले आपसी सद्भाव र एकताको सन्देश दिने विश्वास गरिन्छ। स्थानीयवासीहरूका अनुसार, “यो जात्रा हाम्रो पहिचान र संस्कृतिको प्रतीक हो, हरेक वर्ष झन् भव्य हुँदै गइरहेको छ।” यस जात्राले धार्मिक आस्था मात्र नभई पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्...

बेलकोटगढीमा कोल्पुटार–दुईपिपल–दियाले–झ्याङ्ली सडक पिच कार्य तीव्र

 नुवाकोट — बेलकोटगढी नगरपालिका अन्तर्गत पर्ने कोल्पुटार–दुईपिपल–दियाले–झ्याङ्ली सडक पिच (कालोपत्रे) गर्ने कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। वर्षौंदेखि कच्ची सडकका कारण धुलो, हिलो तथा आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीका लागि यो सडक निर्माण कार्य महत्वपूर्ण उपलब्धि मानिएको छ। हाल सडकमा ग्राभेल बिछ्याउने र कालोपत्रे गर्ने काम द्रुत गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ। यसैबीच, निर्माण कार्यको स्थलगत निरीक्षण मदन भुजेल (वडा नं. ५ का अध्यक्ष) तथा नगरप्रमुख सहितको टोलीले गरेको छ| निरीक्षणका क्रममा जनप्रतिनिधिहरूले निर्माण कार्यको गुणस्तर र समयसीमा भित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। स्थानीयवासीहरूले सडक पिच हुन थालेपछि खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार अब यात्रा सहज हुने, सवारी साधन सञ्चालनमा सहजता आउने तथा दैनिक जीवनमा ठूलो राहत पुग्नेछ। एक स्थानीयले भने, “पहिले वर्षायाममा हिँड्नै गाह्रो थियो, अब सडक पिच भएपछि धेरै सहज हुन्छ।” सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै शिक्षा, स्वास्थ्य लगा...

मेरो स्पष्ट माग र सुझाव सरकार संग-माननीय आशिका तामाङ

माननीय आशिका तामाङ ।विश्वव्यापी ऊर्जा संकटका कारण इन्धनको मूल्य बढिरहेको यस अवस्थामा धेरै देशहरूले आफ्ना नागरिकलाई राहत दिन कर कटौती गरेका छन्।  अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता देशहरूले कर घटाएर जनताको बोझ कम गर्ने स्पष्ट कदम चालेका छन्। नेपालमा भने पेट्रोलमा करिब ६२ रुपैयाँ र डिजेलमा करिब ४३ रुपैयाँ कर यथावत् रहेको छ। महँगीले दैनिक जीवन प्रभावित भइरहेको बेला इन्धन मूल्य बढ्नुको प्रत्यक्ष असर यातायात, खाद्यान्न र आधारभूत खर्चमा परेको छ। राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो। यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो। त्यसैले, इन्धनमा लगाइएका करहरूको पुनरावलोकन गरी यथासम्भव घटाइयोस्। मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्। समयमै उचित निर्णय लिइएमा जनतामा राहतको अनुभूति हुने विश्वास लिइएको छु । जानकारीका लागि कुन कुन देशले के के गरे हेरौँ। अस्ट्रेलिया : इन्धनमा लाग्ने अन्तःशुल्क (Fuel Excise Duty) लाई ५० प्रतिशतले कटौती गरी प्रति लिटर २६.३ सेन्ट कायम गरिएको छ । ​ भारत : पेट्रोल र डिजेल दुवैम...

शिक्षा र समर्पणको प्रतीक: पञ्चासे मावि SEE २०८१ मा नगरपालिकाभरि पाँचौँ स्थानमा

बेलकोटगढी – बेलकोटगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को सम्मान कार्यक्रममा पञ्चासे मावि ले ८१.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै नगरपालिकाभरि पाँचौँ स्थान हासिल गरेको छ। विद्यालयका प्रतिनिधिहरूले यस उपलब्धिका लागि नगरपालिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, यो सम्मानले शैक्षिक गुणस्तर सुधार र विद्यार्थी सफलताको यात्रामा थप प्रेरणा दिएको बताएका छन्। विद्यालयले आफ्नो विषयमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू प्रति विशेष बधाई तथा सम्मान व्यक्त गरेको छ। सम्मानित शिक्षकहरू यस प्रकार छन्: विज्ञान तथा प्रविधि: श्री शोभाराम बुढाथोकी अनिवार्य नेपाली: श्री कृष्ण बहादुर पौडेल सामाजिक अध्ययन: श्री हरिकृष्ण पौडेल ऐच्छिक प्रथम (अर्थशास्त्र): श्री रिता बानियाँ ऐच्छिक प्रथम (गणित): श्री मेघनाथ अधिकारी विद्यालयका शिक्षकहरूको अहोरात्र खटाइ र उच्च पेसागत दक्षताका कारण यो सफलता प्राप्त भएको र भविष्यमा पनि शैक्षिक स्तर उकास्न निरन्तर प्रयास गरिने उल्लेख गरिएको छ।

तीनघरे चौतारामा ङिङमा साङाग गुम्बाको उप–समिति गठन

 नुवाकोट — बेलकोटगढी नगरपालिका–७ स्थित तीनघरे चौतारामा ङिङमा साङाग गुम्बा को उप–समिति गठन गरिएको छ। गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममा आगामी ५ वर्षका लागि जिन्दा कार्ड नवीकरण गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा स्थानीय जिंदाहरूको सक्रिय सहभागिता रहेको थियो। यसै अवसरमा बिरामी पूर्ण बहादुर तामाङलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको छ। कार्यक्रममार्फत सामाजिक सहकार्य र सहयोगको भावना झनै मजबुत बनाइएको आयोजक पक्षको भनाइ छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति गुम्बा प्रमुख लामा तथा बौद्ध जागरण केन्द्र नुवाकोट जिल्ला शाखा का अध्यक्ष शेरब लामाले धन्यवाद व्यक्त गरेका छन्। स्थानीय स्तरमा धार्मिक तथा सामाजिक गतिविधि सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना हुँदै आएको बताइएको छ।

संसदको पहिलो बैठकमै एमालेको अवरोध, ओली–लेखकको रिहाइ माग

 काठमाडौँ — प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गरेको छ। पार्टीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई तत्काल रिहा गर्न माग गर्दै संसद्को बहुद्देश्यीय कक्षमा विरोध प्रदर्शन गरेको हो। बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदहरू उठेर नाराबाजी गर्दै विरोध जनाएका थिए। उनीहरूले जेन–जी आन्दोलनसँग सम्बन्धित मुद्दामा ओली र लेखकलाई पक्राउ गरिएको भन्दै त्यसको कडा विरोध गरेका छन्। साथै आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि दमन गरिएको आरोप पनि एमालेले लगाएको छ। यसअघि नै पार्टीभित्रको रणनीति बैठकमार्फत एमालेले संसदीय दलको नेताको चयनलगायत विषयमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो। सोही असन्तुष्टिको पृष्ठभूमिमा आजको बैठकमा अवरोध गर्दै नेताहरूको रिहाइको मागलाई मुख्य एजेन्डा बनाइएको हो। विरोधका बीच सभामुख अर्जुनरसिंह केसी ले सांसदहरूलाई बोल्ने समय दिँदै बैठक अघि बढाउने प्रयास गरिरहेका छन्। तर एमालेको अवरोध जारी रहँदा बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। संसद्को पहिलो दिनमै देखिएको यो घटनाले देशको राजनीतिक वाता...