नुवाकोट — बेलकोटगढी नगरपालिका–७ स्थित तीनघरे चौतारामा ङिङमा साङाग गुम्बा को उप–समिति गठन गरिएको छ।
गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममा आगामी ५ वर्षका लागि जिन्दा कार्ड नवीकरण गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा स्थानीय जिंदाहरूको सक्रिय सहभागिता रहेको थियो।
यसै अवसरमा बिरामी पूर्ण बहादुर तामाङलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको छ। कार्यक्रममार्फत सामाजिक सहकार्य र सहयोगको भावना झनै मजबुत बनाइएको आयोजक पक्षको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति गुम्बा प्रमुख लामा तथा बौद्ध जागरण केन्द्र नुवाकोट जिल्ला शाखा का अध्यक्ष शेरब लामाले धन्यवाद व्यक्त गरेका छन्।
स्थानीय स्तरमा धार्मिक तथा सामाजिक गतिविधि सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना हुँदै आएको बताइएको छ।

Comments
Post a Comment