नुवाकोट — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री पञ्चासे माध्यमिक विद्यालयका विद्यार्थीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका छन्।
प्रतियोगिताअन्तर्गत ८०० मिटर दौडतर्फ रिचन लामाले कास्य पदक जितेका छन्। त्यसैगरी, मार्सल आर्ट्स विधाअन्तर्गत U–५५ तौल समूहमा पेमा डोल्मा लामाले र U–४२ तौल समूहमा बिपिन तामाङले कास्य पदक हात पारेका छन्।
विद्यार्थीहरूको यो उल्लेखनीय सफलताले विद्यालयको नाम जिल्लास्तरमा उजागर गरेको छ। उनीहरूको कडा मेहनत, अनुशासन र समर्पणका कारण यस्तो उपलब्धि हासिल भएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले विजेता खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गरिएको छ।

Comments
Post a Comment