Skip to main content

मेरो स्पष्ट माग र सुझाव सरकार संग-माननीय आशिका तामाङ

माननीय आशिका तामाङ ।विश्वव्यापी ऊर्जा संकटका कारण इन्धनको मूल्य बढिरहेको यस अवस्थामा धेरै देशहरूले आफ्ना नागरिकलाई राहत दिन कर कटौती गरेका छन्। 
अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता देशहरूले कर घटाएर जनताको बोझ कम गर्ने स्पष्ट कदम चालेका छन्। नेपालमा भने पेट्रोलमा करिब ६२ रुपैयाँ र डिजेलमा करिब ४३ रुपैयाँ कर यथावत् रहेको छ। महँगीले दैनिक जीवन प्रभावित भइरहेको बेला इन्धन मूल्य बढ्नुको प्रत्यक्ष असर यातायात, खाद्यान्न र आधारभूत खर्चमा परेको छ।


राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो। यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो।
त्यसैले, इन्धनमा लगाइएका करहरूको पुनरावलोकन गरी यथासम्भव घटाइयोस्। मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्।
समयमै उचित निर्णय लिइएमा जनतामा राहतको अनुभूति हुने विश्वास लिइएको छु ।

जानकारीका लागि कुन कुन देशले के के गरे हेरौँ।

अस्ट्रेलिया: इन्धनमा लाग्ने अन्तःशुल्क (Fuel Excise Duty) लाई ५० प्रतिशतले कटौती गरी प्रति लिटर २६.३ सेन्ट कायम गरिएको छ ।

भारत: पेट्रोल र डिजेल दुवैमा प्रति लिटर १० भारतीय रुपैयाँले अन्तःशुल्क कटौती गरिएको छ ।

इटाली: पेट्रोल र डिजेलको अन्तःशुल्कमा ३० प्रतिशत (प्रति लिटर २० युरो सेन्ट) कटौती गरिएको छ ।

​स्पेन: पेट्रोलियम पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) लाई २१ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।

भियतनाम: इन्धनमा लाग्ने वातावरणीय करलाई ५० प्रतिशतले कटौती गरिएको छ र अप्रिल महिनाभरका लागि आयात महसुल पूर्ण रूपमा खारेज गरिएको छ ।

पोल्याण्ड: इन्धनमा लाग्ने भ्याटलाई २३ प्रतिशतबाट घटाएर ८ प्रतिशत कायम गरिएको छ र अन्तःशुल्कमा समेत कटौती गरिएको छ ।

थाइल्याण्ड: खाना पकाउने ग्यास (LPG) को मूल्यमा सीमा (Price Cap) तोकिएको छ र डिजेलमा प्रति लिटर करिब १९.८६ भाटसम्म अनुदान दिइएको छ ।

जर्जिया (अमेरिका): ६० दिनका लागि ३३ सेन्ट प्रति ग्यालन ग्यास कर र ३७ सेन्ट डिजेल कर पूर्ण रूपमा निलम्बन गरिएको छ ।
​पाकिस्तान: न्यून आय भएका मोटरसाइकल र रिक्सा चालकका लागि डिजिटल प्रणालीमार्फत सहुलियतपूर्ण इन्धन योजना ल्याइएको छ ।

ओन्टारियो (क्यानाडा): ग्यास कर ५.७ सेन्ट र डिजेल कर ५.३ सेन्ट प्रति लिटरले कटौती गरिएको छ ।

पोर्चुगल: डिजेल अन्तःशुल्कमा २१ प्रतिशत (७.६ युरो सेन्ट प्रति लिटर) कटौती गरिएको छ ।

 


 

Comments

Popular posts from this blog

मेयर कप हाप्किडोमा मालिका माविको दबदबा, ७ स्वर्णसहित प्रथम स्थान

 मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

निर्माणाधीन निङमा साङाग गुम्बा: दियाले सिक्रेपिपलमा धर्म, संस्कृति र आस्थाको केन्द्र बन्दै

दियाले||नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, दियाले सिक्रेपिपलमा निर्माणाधीन निङमा साङाग गुम्बा स्थानीय बासिन्दा तथा बौद्ध धर्मावलम्बीहरूका लागि आस्था र आध्यात्मिकताको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। शान्त वातावरणमा अवस्थित यस गुम्बा क्षेत्रले धार्मिक साधना, प्रार्थना तथा सामुदायिक एकताको प्रतीकका रूपमा पहिचान बनाइरहेको छ। निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख हुँदै जाँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ भने गुम्बा सम्पन्न भएपछि धार्मिक पर्यटनको सम्भावना समेत बढ्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार गुम्बा निर्माणले यहाँको धार्मिक गतिविधि मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउनेछ। बौद्ध धर्मको निङ्मापा परम्परा अनुसार स्थापना गरिएको यस गुम्बामा ध्यान, पूजापाठ, शिक्षा तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ। गुम्बा निर्माणमा स्थानीय समुदाय, दाताहरू तथा धर्मप्रेमी व्यक्तिहरूको सहयोग उल्लेखनीय रहेको निर्माण समितिले जनाएको छ। “यो गुम्बा हाम्रो आस्था मात्र होइन, भावी पुस्ताका लागि सांस्कृतिक धरोहर पनि हो,” एक ...

फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

  नुवाकोट — फागुन १ गते शुक्रबार मेयर कप तथा चौथो शहीद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिप भव्यताका साथ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जगत बहादुर गुरुङ, मेयर – बेलकोटगढी नगरपालिका ले गर्नुभयो। नेपाने, बेलकोटगढी–४ मा आयोजित उद्घाटन समारोहमा दक्षिण एसियाली हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघ का अध्यक्ष काली बहादुर घर्ती र उपमेयर शिव प्रसाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो। साथै वडा अध्यक्षहरू चन्द्र बहादुर लामा र कौशीला पुडासैनीको पनि उपस्थिति रहेको थियो। नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल हाप्किडो संघका उपमहासचिव मोहम्मद मोसिन हलवाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङलगायतको सहभागिता थियो। प्रतियोगितामा सातै प्रदेशका करिब ५०० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सात वटै प्रदेशका झाँकी तथा आकर्षक हाप्किडो डेमो प्रस्तुत गरिएको थियो।