महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरू जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।
जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोक्किएका थिए। ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी भई घटनास्थलमै तीन विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टका अनुसार मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक तथा घाइते विद्यार्थीहरू एसईई परीक्षा सकेर घर फर्किरहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको र उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थानीय सुरक्षा निकायले घटनास्थलको अवलोकन गर्दै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ।
यो दुर्घटनाले विद्यार्थी समुदाय र स्थानीय बासिन्दामा ठूलो शोक र त्रासदी सिर्जना गरेको छ।
मेयर कप अन्तर्गत आयोजित चौथो राष्ट्रिय सहिद स्मृति हाप्किडो च्याम्पियनशिप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी बागमती प्रदेश अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नं. ५ र ६ का हाप्किडो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएका छन्। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालय का खेलाडीहरूले विशेष सफलता हासिल गरेका छन्। उक्त विद्यालयका खेलाडीहरूले ७ वटा स्वर्ण, ६ वटा रजत तथा ४ वटा कास्य पदक जित्दै आफ्नो डोजाङलाई समग्रमा प्रथम स्थान दिलाउन सफल भएका छन्। खेलाडीहरूको कठोर मेहनत, अनुशासन र समर्पणका कारण उनीहरूले आफ्नो व्यक्तिगत पहिचान मात्र नभई प्रदेश, जिल्ला तथा विद्यालयको नाम समेत उच्च राख्न सफल भएको आयोजक तथा स्थानीयवासीले बताएका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता उपलब्धिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली...

Comments
Post a Comment