बेलकोटगढी। बेलकोटगढी नगरपालिका न्यायिक समितिको आयोजनामा वडास्तरिय
कानुनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम आइतबारदेखि सुरु भएको छ।
कार्यक्रमको
पहिलो दिन वडा नं. १२ र १३ का जनप्रतिनिधि, मेलमिलापकर्ता, सरकारी तथा
गैरसरकारी कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी
तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
चन्डादेवी
आधारभूत विद्यालयमा सम्पन्न उक्त कार्यक्रम नगर उपप्रमुख शिव प्रसाद
दाहालको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा उद्घाटन गरिएको हो।
कार्यक्रममा
सहभागीहरूलाई कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा
प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकका रूपमा अ. द्वारिका प्रसाद
पाण्डे र प्र.स.नि. राजेश के.सी.ले प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको
थियो।
आयोजकका
अनुसार, यस कार्यक्रमले स्थानीय स्तरमा कानुनी ज्ञान विस्तार तथा न्यायिक
सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै,
प्रशिक्षकहरूप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
![]() |

Comments
Post a Comment