बेलकोटगढी – बेलकोटगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को सम्मान कार्यक्रममा पञ्चासे मावि ले ८१.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै नगरपालिकाभरि पाँचौँ स्थान हासिल गरेको छ।
विद्यालयका प्रतिनिधिहरूले यस उपलब्धिका लागि नगरपालिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, यो सम्मानले शैक्षिक गुणस्तर सुधार र विद्यार्थी सफलताको यात्रामा थप प्रेरणा दिएको बताएका छन्।
विद्यालयले आफ्नो विषयमा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू प्रति विशेष बधाई तथा सम्मान व्यक्त गरेको छ। सम्मानित शिक्षकहरू यस प्रकार छन्:
विज्ञान तथा प्रविधि: श्री शोभाराम बुढाथोकी
अनिवार्य नेपाली: श्री कृष्ण बहादुर पौडेल
सामाजिक अध्ययन: श्री हरिकृष्ण पौडेल
ऐच्छिक प्रथम (अर्थशास्त्र): श्री रिता बानियाँ
ऐच्छिक प्रथम (गणित): श्री मेघनाथ अधिकारी
विद्यालयका शिक्षकहरूको अहोरात्र खटाइ र उच्च पेसागत दक्षताका कारण यो सफलता प्राप्त भएको र भविष्यमा पनि शैक्षिक स्तर उकास्न निरन्तर प्रयास गरिने उल्लेख गरिएको छ।

Comments
Post a Comment