जापान, वैशाख २८ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाले पछिल्लो समय नेपाली लोकदोहोरी गीत–संगीत, लाइभ दोहोरी कार्यक्रम तथा विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक भइरहेका केही प्रस्तुतिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै लोकदोहोरी क्षेत्रमा बढ्दो अश्लीलता, अमर्यादित हाउभाउ तथा सामाजिक मर्यादाविपरीतका गतिविधिप्रति चिन्ता व्यक्त गरेको हो। प्रतिष्ठानले नेपाली लोकदोहोरी गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपाली मौलिक कला, संस्कृति, सभ्यता, संस्कार र सामाजिक जीवनको ऐना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु कलाकार, सर्जक, सञ्चारकर्मी तथा सचेत नागरिकको साझा जिम्मेवारी भएको जनाइएको छ। विज्ञप्तिअनुसार पछिल्लो समय केही कलाकार तथा प्रस्तोताले सामाजिक सञ्जालमा ‘भ्युज’, चर्चा र आर्थिक लाभलाई प्राथमिकता दिँदै लोकदोहोरी गीत तथा सांगीतिक प्रस्तुतिलाई अश्लीलता र उत्तेजनातर्फ मोड्ने प्रयास गरेको आरोप लगाइएको छ। युट्युब, टिकटक र फेसबुकजस्ता माध्यममा प्रसारण हुने कतिपय सामग्रीले बालबालिका तथा ...