बेलकोटगढी नगरपालिकामा स्थानीय तहबाटै जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने उद्देश्यले भूमि व्यवस्था शाखा सञ्चालनको तयारीलाई अगाडि बढाइएको छ। यस सम्बन्धमा नगरपालिकाको उपप्रमुख शिव प्रसाद दाहालसँग जिल्ला मालपोत कार्यालय तथा नापी कार्यालयका प्रतिनिधिहरूबीच आवश्यक छलफल तथा निर्णय गरिएको हो।
नगरपालिकामा आयोजित छलफल कार्यक्रममा भूमि व्यवस्था शाखा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, कार्यालय व्यवस्थापन तथा आवश्यक जनशक्ति व्यवस्थापनका विषयमा विस्तृत रूपमा कुराकानी भएको थियो। स्थानीय नागरिकलाई सहज, छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा प्रवाहलाई स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।
छलफलमा जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका प्रतिनिधिहरूले आवश्यक समन्वय तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै शाखा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्बन्धमा समेत आवश्यक निर्णय गरिएको बताइएको छ।

Comments
Post a Comment