जापान||राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले 'अम्बर बिरही गुरुङ सांगीतिक साँझ तथा प्रथम जापान लोक तारा २०२६’ आयोजना गर्ने भएको छ। नेपाली लोक तथा दोहोरी संगीतको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आगामी जुन १४, २०२६ (आइतबार) मा जापानस्थित मेगुरो
कुमिन सेन्टरमा दिउँसो १२ बजेदेखि कार्यक्रम सुरु हुने पोस्टरमार्फत
जानकारी दिइएको छ। कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अम्बर
बिरही गुरुङ विशेष आकर्षणका रूपमा रहनेछन्।
कार्यक्रममा जापानमा
रहेका नेपाली समुदायबीच लोक संस्कृति प्रवर्द्धनका साथै नयाँ प्रतिभाको
खोजी तथा सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न कलाकार,
संगीतकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा
गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
रामकृष्ण बम मल्ला, समुन्द्रराज पौडेल, सूर्य खड्का, दीपक कँडेल, महेन्द्र
न्यौपाने तथा रबिन शर्मासँग सम्पर्क गर्न सकिनेछ।

Comments
Post a Comment